November 2023

30 November, 2023

History of Nepal

नेपालको इतिहास

नेपालको इतिहास सम्बन्धि वस्तुगत प्रश्नोत्तरहरु



१) नेपालमा बाघको संख्या कति रहेको छ ?
– १९८ (गणना बर्ष : सन् २०१३) (चितवन राष्ट्रिय निकुन्ज . १२० वटा, बर्दिया राष्ट्रिय निकुन्ज . ५० वटा, बाँके राष्ट्रिय निकुन्ज . ४ वटा, पर्सा वन्यजन्तु आरक्ष . ७ वटा, शुक्लाफाट वन्यजन्तु आरक्ष . १७ वटा)

२) निलगिरी हिमाल कुन अंचलमा पर्छ ?
– धौलागिरी

३) नेपालको भूकम्प नजाने शहर भनेर कुन सहरलाई चिनिन्छ ?
– पनौती

४) प्रथम विश्व युद्धमा नेपाली सेनाको नेतृत्व कसले गरेका थिए ?
– बबर समशेर

५) सुलिगढ़ झरना समुन्द्र सतहबाट कति मिटर उचाइमा रहेको छ ?
– ३६१३ मिटर

६) सबैभन्दा पहिले निजीकरण गरिएको उद्योग कुन हो ?
– बासबारी छाला जुत्ता उद्योग

७) नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबालक कुन आधारमा नेपालको नागरिक ठहर्दछ ?
– वंशज

८) नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ?
– राणाकाल

९) नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ?
– बि.सं १८४६

१०) भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ?
-बिरध्वज बस्नेत

११) पाण्डिकी अड्डा काहाँ थियो ?
-सिंहदरवार

१२) गोरखा राज्यको स्थापना कहिले भयो ?
-बि.सं.१६१६ भाद्र २५

१३) नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ?
-राघवदेव

१४) अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ?
-देवशमशेर

१५) नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ?-मानदेव

१६) सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ?
-रणबहादुर शाह

१७) शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ?

-वि.स. १९९७ माघ १४ गते

१८) काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ?
-माथवरसिंह थापा

१९) नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ?

-राजा ज्ञानेन्द्र

२०) जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ?
-१ वर्ष २९ दिन

२१) सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ?
-श्री ५ त्रिभुवन

२२) नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ?
-श्री ५ रणवहादुर

२३) नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ?
-वि.स. १९८१

२४) धर्म कचहरीको स्थापना कसले गरेका थिए ?
-जंगबहादुर राणा

२५) नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ?
-राजेन्द्र लक्ष्मी

२६) नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ?

-वि.स. १८२२

२७) शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ?

-वि.स. १९९७ माघ १२

२८) नेपालमा राणाशासनको विरोधमा ूजयतु संस्कृतमू आन्दोलन कहिले प्रारम्भ भएको थियो ?
– वि.स.२००४

२९) राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ?
-वि.सं. २०११

३०) निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ?
-वि.सं. २०१७

३१) हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ?
-प्रताप मल्ल

३२) गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ?
-गुणाङ्क

३३) मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ?
-दिगबन्धन सेन

३४) श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ?
-कला बहादुर

३५) नरहरि शाह कहाँका राजा थिए ?
-
लमजुङ

३६) लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ?
-पाली

३७) लिक्ष्छवीकालमा ुकुथेर’ अड्डाको मुख्य कार्य के थियो ?
-राजस्व उठाउने

३८) लिच्छवीकालिन समयमा लगाइने ूत्रिकर” भित्र कुन कुन कर पर्छन ?
-भाग भोग कर

३९) यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ?
-लिंङंवल

४०) पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ?
-भोग

४१) विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ?
-माप्चोक

४२) मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ?
-चौतारिया

४३) लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ?
-शुल्ली

४४) राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ?

–छेभडेल

४५) राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ?
-१२ जिल्ला

४६) सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ?
-भिम शमशेर

४७) राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ?
-वि.सं २०३१फाल्गुन १३

४८) फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ?
-चन्द्र शमसेर

४९) द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ?
-जुद्धशमशेर

५०) काल भैरवलाई हसाउने राजा को हुन् ?
-प्रताप मल्ल

५१) कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ?
-फत्तेजंग शाह

५२) पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ?
-वि.स. १८२५ असोज १३

५३) काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए ?
-पूर्वतर्फ

५४) प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ?
-वाइसे राज्य

५५) जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ?
-वि.सं. १९०५

५६) निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ?
-रणबहादुर शाह

५७) राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ?
-कोत पर्व

५८) काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ?
-वि.स.१९१४

५९) The living lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ?
-अमरसिंह थापा

६०) स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ?
-मानदेव

६१) मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन निकायको व्यवस्था थियो ?
-पञ्च कचहरी र पञ्च समुच्चय

६२) राणा कालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ?
-सुब्बा

६३) कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
-मातृका प्रसाद कोइराला

६४) लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
-सर्वदण्डनायक

६५) राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो ?
-चाँदतोडा

६६) नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ?
-बलभद्र कुँवर

६७) किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो ?
-बिषय

६८) न्याय विकासिनी कसको दस्तावेज हो ?
-जयस्थिति मल्ल

६९) पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ?
(इन्द्रजात्रा

७०) अन्तिम किराती राजा को हुन् ?
-गस्ती

७१) किरात वंशपछि कुन वंशले शासन गरेका थिए ?
-सोमवंशी

७२) भूकम्पमा परी मर्ने राजा को हुन् ?
-अभय मल्ल

७३) लिगंवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो ?
-लिच्छविकाल

७४) आफुलाई ”विद्या पारंगत” भनी लेख्ने राजा को हुन् ?
-जितामित्र मल्ल

७५) लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध करका नाममा के मा कर लगाइन्थ्यो ?
-मनोरञ्जन

७६) लाइव्रेरी पर्व कसको पालामा भएको थियो ?
-भिम शमशेरख

७७) सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ?
-योगनरेन्द्र मल्ल

७८) सर्वप्रथम तामाको पैसा चलनचल्तिमा ल्याउने राजा को हुन् ?
-रत्न मल्ल

७९) नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ?
-मानदेव

८०) नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ?
-जंगबहादुर राणा

८१) पशिपतिनाथको पुजारी भट्ट ब्रहमण राख्ने मल्ल राजा को हुन् ?
-यक्ष मल्ल

८२) अरुण नदीको पौराणिक नाम के हो ?
-महाप्रभा

८३) लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ?
-काठमाडौं

८४) आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती अंकित गर्ने राजा को हुन् ?
-नरेन्द्रदेव

८५) मल्लपुरी कसले विजय गरेका थिए ?
-मानदेव

८६) गा‌‌‌ईजात्राको चलन कसले चलाएका हुन् ?
-प्रताप मल्ल

८७) नेपालको राजधानी कुन राजाको पालामा नुवाकोट सरिएको थियो ?
-गीर्वाणयुद्ध विक्रम शाह

८८) भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
-रणजीत मल्ल

८९) काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ?
-जयप्रकाश मल्ल

९०) पाटनका अन्तिम मल्ल राजा को हुन् ?
-तेजनरसिंह मल्ल

९१) पाटनको कृष्ण मन्दिर कसले निर्माण गराएका हुन् ?
-सिद्धिनरसिंह मल्ल

९२) आफूलाई”गन्धर्व विद्या पारंगत” भनेर चिनाउने राजा को थिए ?
–जगतप्रकाश मल्ल

९३) पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ?
-
प्रचण्डदेव

९४) भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ?
-
नरेन्द्रदेव

९५) मानगृह कसले निर्माण गरेका थिए ?
-
मानदेव

९५) न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ?
-
भुपतीन्द्र मल्ल

९६) नेपालको इतिहासमा ऐतिहासिक “प्रमाणिक राजा” भनेर कसलाई भनिन्छ ?
-
मानदेव

९७) मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ?
-
चन्द्र शमशेर

९८) रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ?
-
नरेन्द्रदेव

९९) घोडेजात्राको चलन कसले चलाएका हुन् ?
-जयप्रकाश मल्ल

१००) विष्केट जात्राको चलन कसले चलाएका हुन् ?
-जगज्योती मल्ल

१०१) परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ?

-विश्वजित मल्ल

१०२) गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
-शिवदेव तृतीय

१०३) शिलालेखामा “श्वस्ति नेपालभ्य” अर्थात नेपालको कल्याण होस् भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ?
-वसन्तदेव

१०४) नाग र वासुकी को पुजा गर्ने चलन कसले चलाएका हुन् रु –मानदेवख सन्थाल जातिहरु बसोबास गर्ने जिल्लाहरु कुन कुन हुन् ?
– झापा र मोरंग

१०५) सी।एन।एन। हिरो २०१५ बाट सम्मानित म्यागी डोयन कुन सस्थासंग आबद्ध छिन ?
– कोपिल भ्याली चिल्ड्रेन होम ृनेपालका अन्य सी.एन.एन. हिरोहरु: अनुराधा कोइराला(related to माइती नेपाल) : २०१०, पुष्पा बस्नेत(related to : early childhood development center and butterfly home): २०१२

१०६) बेल विवाह गर्ने प्रचलन कुन जातिमा रहेको छ ?
– नेवार

१०७) सुचनाको हक नेपालको संविधान(२०७२ को कति औ धारमा रहेको छ ?
– २७ औ

१०८) नेपाली भाषाको पहिलो मौलिक उपन्यास कुन हो ?
– रूपमती

१०९) नेपालको सबैभन्दा कम उचाइमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
– जलेश्वर

११०) पाल्पा जिल्ला के को लागि प्रसिद्द छ ?
– ढाका टोपी र करुवा

१११) नेपालको राष्ट्रिय गानामा कति जना गायक गायिकाको स्वर समेटिएको छ ?
-२० जना

११२) नेपालको जनगणना २०६८ अनुसार जनघनत्व सबैभन्दा कम भएको जिल्ला कुन हो ?
– मनाङ

११३) अधिकबर्ष कति दिनको हुन्छ ?
– ३६६

११४) नेपालको जनगणना २०६८ अनुसार नेपालको सबैभन्दा कम साक्षर जिल्ला कुन हो ?
-रौतहट

११५) “सिमसिमे राजा” भन्नाले कसलाई जनाउँछ ?
-
शिवसिंह मल्ल

 

यो ब्लोग BICTE विद्यार्थीहरूको लागि मात्र हो ।

Powered by Blogger.

Contact form

3/related/default
Design by - Blogger Templates | Distributed by RB Sharma BICTE4NOTES

BICTE4NOTES

Bachelor of Information and Communication Technology Education (BICTE) त्रिभुवन विश्वविद्यालयको अध्ययन क्षेत्रको तहमा प्रदान गरिएको एक पूर्व स्नातक कार्यक्रम हो। यसले शिक्षा महाविद्यालयको अध्ययन क्षेत्रमा अनुबन्ध रहेका छ। यसले ८ सेमेस्टर (४ वर्ष)को अध्ययनको अवधि छ जसमा कुल १३२ क्रेडिट घण्टा पर्दछ, जसमा संचार कौशल पाठ्यक्रमका लागि १२ क्रेडिट घण्टा, शैक्षिक मूल पाठ्यक्रमका लागि २४ क्रेडिट घण्टा, तथा आईसीटी मूल पाठ्यक्रमका लागि ६० क्रेडिट घण्टा समावेश गरिएको छ। BICTE को पाठ्यक्रमले शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायी, सृजनात्मक, र परिणामको दृष्टिमा आईसीटी पेशेवरहरू विकास गर्नको लागि लक्ष्य राखेको छ। यसले शिक्षा क्षेत्रको आईसीटी शिक्षा गर्नका लागि आवश्यक ज्ञान र कौशलहरू सहितको प्रभावी र कुशल शिक्षक पेशेवरहरू बनाउनको लागि आवश्यक छ।

Latest News

6/trending/recent

Featured

featured/random

Comments

4/comments/show

Hot Posts

4/footer/recent